१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


मोरङको धनपालथान गाउँपालिकामा कांग्रेसको जित


0
Shares

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गरेकी छन् ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो । रासस