१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


धनगढी उपमहानगरपालिकामा कांग्रेस विजयी


0
Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका छन् । वड उपमहानगर प्रमुख हुने पहिलो दलित समुदायका हुन् ।

उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाएकी छन् ।

७६ हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो ।

खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् । रासस