१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


धरान उपमहानगरपालिकाको मतगणना विवादमा, पुनः मतगणनाको माग


0
Shares

निर्वाचन अधिकृतको कार्यालयले धरानको ९ र १० नम्बर वडाको मतगणना पुनः नगरेको भन्दै शनिबार नेपाली कांग्रेसका कार्यकर्ताले मतगणनास्थल धरान सभागृहबाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

यी वडाको पुनः मतगणना नगरिए धरानको १८, १९ र २० नम्बर वडाको मतगणना अगाडि बढाउन नदिने कांग्रेसका धरान उपमहानगर प्रमुखका उम्मेदवार तिलक राईले बताए ।

धरानमा नेकपा एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बा र उपप्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले मतगणनामा अग्रता कायमै राखेका छन् ।