Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


राष्ट्रिय हक्की प्रतियोगिता माघ २६ देखि झापामा


0
Shares

काठमाडौं, माघ १७ । झापामा यही माघ २६ गतेदेखि राष्ट्रिय हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल हक्की संघले ‘गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरूष हक्की’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

झापाको भद्रपुरमा फागुन ४ गतेसम्म हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

सात प्रदेशका ७ टोली र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब तथा पाकिस्तानको एक टोलीले सहभागिता जनाउने संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् जनाएको छ ।

पुरुषहरुको प्रतियोगिता सकिएलगत्तै संघले फागुनमा विराटनगरमा महिला हक्की प्रतियोगिता गर्नेछ ।

महिला हक्कीमा प्रदेश नम्बर–५ र ७ बाहेकका पाँच टोली र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जनाइएको छ ।