दलहरुले प्रमुख पदमा महिलाको उम्मेदवारी पनि कमै दिएका थिए । तर, उपप्रमुखमा भने धेरै महिला निर्वाचित भएका छन् ।
गत वैशाख ३१ र असार १४ गते भएको स्थानीय तह निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणामअनुसार उपप्रमुखमा निर्वाचित भएपनि प्रमुख पदमा भने १६ जना महिलामात्रै निर्वाचित भएका छन् ।
पहिलो र दोस्रो चरण गरी ५ नगरपालिका र ११ गाउँपालिका गरी १६ ओटा स्थानीय तहको नेतृत्वमा महिला निर्वाचित भएका छन् । यो परिणाम जनसंख्याका आधारमा प्रमुख पदमा महिला नेतृत्व एकदमै न्यून हो ।
उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनुपर्ने व्यवस्था भएपनि दलहरुले अधिकांश ठाउँमा महिलालाई उपप्रमुखमै खुम्च्याएको महिला नेत्रीहरु बताउँछन् ।
प्रमुख पदमा महिला सहभागिता सोचेजस्तो नभएको भन्दै अझै महिलाप्रति अविश्वासको उपज मान्छिन्, अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवाकोट ।
महिलालाई नेतृत्व तहमा पुर्याउन अझै चुनौती रहेको र आत्मादेखि नै महिला नेतृत्व स्वीकार्नसक्ने अवस्था नबनेको देवकोटाको भनाइ छ ।
समग्रमा हेर्दा महिला प्रतिनिधित्व जति हुनुपर्ने हो, त्यो परिणाम नआएको र पार्टीले महिलालाई टिकट दिँदा जित्ने ठाउँमा नदिएकाले परिणाम पनि त्यहीअनुसार आएको बताउँछिन्, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्वअध्यक्ष सीता पोखरेल ।
महिला नेतृत्व तहमा आउन नसक्नुमा सामन्तवादी सोच र चिन्तन हावी भएको दाबी पोखरेलको छ ।
तर, नेपाल महिला संघकी कोषाध्यक्ष जानकी सिंह भने विगतको तुलनामा महिला नेतृत्व तहमा पुगेकाले यसलाई सकारात्मक लिनुपर्ने बताउँछिन् ।
महिलाले तल्लो निकायबाटै प्रतिस्पर्धा गरेर माथिल्लो तहमा जानुपर्ने सुझाव सिंहको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्