शनिबार राजधानीमा भएको एक साक्षात्कारमा नेपाली कांग्रेस, नेकपा, माओवादी केन्द्र र राजपा नेपालका नेताहरुले एक–अर्कामा संविधान संशोधनको पक्षधर र विरोधी भनी चित्रित गरेका हुन् ।
कार्यक्रममा अरु दलले एमालेको असहयोगका कारण संविधान संशोधन प्रस्ताव अघि बढ्न नसकेको आरोप लगाएका थिए भने एमाले नेताले संविधान संशोधन प्रस्ताव उचित नभएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा एमाले नेता सत्यनारायण मण्डलले प्रस्तावमाथि छलफल गर्न तयार रहेको बताए ।
तर, कांग्रेस नेता महेन्द्र यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्रराय यादव र माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले सविधान संशोधन प्रस्तावमा एमाले बाधक बनेको आरोप लगाए ।
एमाले सहयोगीको बने संविधान संशोधन प्रस्ताव पारित हुने र मुलुकले निकास पाउने उनीहरुको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्