१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


धरान उपमहानगरपालिका वडा–९ र १० को पुनः मतगणना गरिने


0
Shares

मतगणनाकाक्रममा कर्मचारीले लापरबाही गरेको भन्दै नेपाली कांग्रेस, राप्रपा र संघीय समाजवादी फोरमलगायत दलले आन्दोलन गरेपछि निर्वाचन आयोगले पुनः मतगणना गर्न निर्देशन दिएको हो ।

गत सोमबार मतगणनकाक्रममा संघीय समाजवादी फोरमको मत नेकपा मालेको नाममा गणना गरिएको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

आयोगको निर्देशनपछि पुनः मतगणना गरिने सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी गराए ।