Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


दुर्लभ जंगली जनावरका लागि कृतिम पोखरी निर्माण सुरु


0
Shares

जिल्लाको माथिल्लो क्षेत्रमा पाईने लोपोन्मुख वन्यजन्तुहरु हिउँदको समयमा पानी खोज्दै बसाई सरेर जाने भएका कारण वन्यजन्तुलाई संरक्षण गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको हो ।

सामुदायिक वनसँगको साझेदारीमा विगत ६ वर्षदेखि वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत संस्था हिमाली संरक्षण मञ्च र रेडपाण्डा नेटर्वकको सहर्कायमा जिल्लाको लालिगुराँस सामुदायिक वन र फुरुम्वू खर्क सामुदायिक वन भित्र २ वटा कृत्रिम पोखरी निर्माण गरिएको हो ।

यी पोखरी रेडपाण्डलाई लक्षित गरी निर्माण गरिएको रेडपाण्डा नेटर्वकका कार्यक्रम अधिकृत दिनेश घलेले जानकारी दिए ।