Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सल्यानको सल्ले खोलामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते


0
Shares

दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय लुहामका अनुसार ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकाको टुनिबोट नजिक सल्ले खोलामा दुर्घटना भएको हो ।

सिस्ने हिमाल यातायातको सो बस सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि दाङ लगिएको छ भने अन्यको सल्यानमा उपचार भईरहेको छ ।

बसमा २८ जना यात्रु रहेका थिए । जसमा २५ जना पुरुष र अन्य तीन महिला रहेका थिए ।

पानी परिरहेकाले बाटो चिप्लो हुंदा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।