
मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् ।
प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भएकी छन् ।
आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ ।
सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैंचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् ।
सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।
जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्। रासस
प्रतिक्रिया दिनुहोस्