Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


‘ड्रोन’को प्रयोग गरी बबई नदिमा ७७ गोहीको गणना


0
Shares

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुनसक्ने चोरी सिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताए ।

निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।
माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको थापाले बताए । उनका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुनालगायत जनावरको पनि सिकार गर्छ ।

विशेषगरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने बताइएको छ ।

सन् २०१६ मा गरिएको गणनानुसार ती सबै नदीमा घडियाल गोही १९८ थिए । यसवर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको संख्या वृद्धि भएसँगै अन्य नदी प्रणालीमा पनि यसको संख्या वृद्धि भएको अनुमान गरिएको छ । रासस