Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


ढुङ्गा खसेर हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु


0
Shares

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार नपा–८ कलवलबारका २३ वर्षीय मोहन अधिकारी रहेका छन् । उनको शव परीक्षणका लागि रसुवा अस्पताल पुर्‍याइएको छ ।

बिहान ९ बजे पार्वतीकुण्ड गापा–१ मा काममा खटिरहेका अधिकारी माथि ढुङ्गा खसेको थियो ।

अधिकारीको टाउकाको तालु र कञ्चटमा गम्भीर चोट लागेको भेटिएको तथा उनलाई अस्पताल पुर्‍याउनुपूर्व नै मृत्यु भइसकेको पाइएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा प्रतीक्षा खतिवडाले जानकारी दिए । (रासस)