
काठमाडौं । भेनेजुएलाका विपक्षी नेता गुवान गुइडोले राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गर्नेबारे सेनासंग गोप्य बैठक गरेका छन् ।
अमेरिकाको न्यूयोर्क टाइम्स्को विचार पृष्ठमा गुइडोले यस सम्बन्धमा खुलासा गरेका हुन् ।
लेखमा मानवता विरुद्धको अपराधमा दोषी नपाइएका सुरक्षाकर्मीलाई आममाफी दिने प्रस्ताव गरेको पनि उल्लेख गरिएको छ ।
तर सेनाको धारणाबारे भने केही उल्लेख गरिएको छैन । यो महिनाको शुरुमा गुइडोले आफ्ना समर्थकहरु माझ आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।
अमेरिका लगायत विभिन्न ल्याटिन अमेरिकी मुलुकरुले गुइडोलाई समर्थन गरेका छन् भने रुस र चीनले मडुरोलाई समर्थन गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै गुइडोलाई समर्थन गरेको भन्दै स्वतन्त्रताका लागि संघर्ष शुरु भएको बताउनुभएको उल्लेख गरेका छन् ।
बेलायती विदेश मन्त्री जेरेमी हन्टले यूरोपेली मुलुकसंग मडुरो सरकारका महत्वपूर्ण सदस्यलाई प्रतिबन्ध लगाउने विषय कुराकानी गर्दै छन् ।
भेनेजुएलामा आर्थिक संकट चुलिएपछि ३० लाख मानिस पलायन भएका छन् ।
मडुरोले जुन १० मा दोस्रो कार्यकालको शपथ लिएपछि पनि उनी विरुद्ध प्रदर्शन भैरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्