
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपलब्धीको जगमा आर्थिक समृद्धि,सुशासन र समृद्ध नेपाल सुुुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।
नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रसारणको औपचारिक शुभारम्भ गर्दै उनले समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले मुलुक डिजिटल नेपाल, ई गभर्नेन्स र पेपरलेस टक्नोलोजीमा अगाडि बढिसकेको भन्दै नेपाल हरेक दिन आधुनिकतासंगै एक कदम अगाडि बढिरहेको बताए ।
उनले सञ्चार बिना विकास सम्भव नभएको भन्दै सञ्चार क्षेत्रलाई समयसापेक्ष बनाउनु पर्नेमा समेत जोड दिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक कार्यकर्ता बनेर सरकारी सञ्चारमाध्यममा गडबडी गर्नेलाई सरकारले नसहने स्पष्ट पारे ।
उनले सञ्चार क्षेत्रको आधुनिकीकरण आवश्यक भएको भन्दै निष्पक्षतामा जोड दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनमा उल्लेख्य भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्