२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु


0
Shares

बारा, माघ १७ । बाराको आदर्श कोटवाल गाउँपालिका ८ स्थित जमुनिया खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार भएको दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय राजेश गिरीको घटनास्थल मै मृत्यु भएको हो । बिहान साढे ७ बजे गिरीले चलाएको भारतीय नम्बरको मोटरसाइकल जमुनिया पुलबाट खोलामा खसेको थियो ।