
अमेरिका र रुसको पहलमा भएको युद्धविरामलाई जोर्डनले पनि समर्थन गरेको छ । युद्धविराम डेराअ, क्वीनेन्ट्रा र स्वीइडामा लागू भएको छ ।
सिरियाली सरकार र विद्रोही दुवै पक्षले युद्धविरामको पालाना गर्ने सहमति जनाएका छन् । गत शुक्रबार जर्मनीको हेम्वर्गमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा सिरियामा युद्धविराम लागू गर्ने घोषणा गरिएको थियो ।
रुसले सिरियाली सरकारको समर्थन गरेको छ भने अमेरिकाले सिरियाली राष्ट्रपति बशर अल असादको विरुद्धमा उत्रिएका विपक्षीलाई साथ दिइरहेको छ ।
रुस र अमेरिकाले आ–आफ्ना पक्षलाई सहयोग पुग्ने गरी हवाई आक्रमण गर्ने गरेका छन् । सन् २०११ यता शुरु भएको संघर्षका कारण सिरियामा करिब ३ लाख मानिसको मृत्यु भइसकेको छ भने १ करोड १० लाख भन्दा बढी मानिसले आफ्नो थातथलो छाड्न बाध्य भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्