५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


आइएस विरुद्धको युद्धमा इराकी सेना विजयको नजीक


0
Shares

सेनाले विद्राहीको नियन्त्रणमा रहेको अन्तिम एक वर्ग किलोमिटरमा आइएस विरुद्धको कारबाही जारी राखेको छ ।

आइतबार सेनाका नवौँ गणका लेफ्टिनेन्ट जनरल जासिम निजालले आफ्नो समूहलाई दिएको क्षेत्रमा विजय हासिल गरेको बताए । इराकी केन्द्रीय शसस्त्र प्रहरीले पनि मोसुलको कारबाहीबारे यसअघि यसै किसिमको दावी गरेका थियो ।

इराकी सेनाले मोसुललाई विद्रोहीको नियन्त्रणबाट छुटाउन गतबर्ष (सन् २०१६) को अक्टुबरबाट सशक्त सुरक्षा कारबाही थालेको थियो ।रासस/एपी