
सप्तरी । हात्ती आतंकबाट जनता आजित भएपछि सप्तरीको कृष्णासवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले स्थानीयको जनधनको क्षति गर्न थालेपछि वडावासीको सुरक्षाका लागि अभियान सञ्चालन गर्न लागिएको हो ।
हात्तीको समूहले रातको समयमा जनधनको क्षति गर्दै घर भत्काउने, अन्नबाली खाइदिने, लत्ताकपडा, भाँडाकुँडा नोक्सान गर्ने क्रम बढेपछि सुरक्षाका लागि सुरक्षा समूह बनाएर गस्ती गर्ने लगायतको अभियान थालिएको छ ।
वडा कार्यालयमा सर्वपक्षीय भेलाले हात्तीको आक्रमणबाट बच्ने विभिन्न उपायका बारेमा छलफल गरी एक सुरक्षा समूह गठन गरेको छ ।
सुरक्षा समूहले प्रभावित क्षेत्रको नियमित गस्ती गर्ने, हात्तीको निगरानी गर्ने र धपाउने कार्य गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्