५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु


0
Shares

लगातारको पानीसँगैको चट्टयाङमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

सबैभन्दा बढी रोहतास जिल्लामा पाँच जना चट्टयाङको शिकार भएका छन् । राजधानी पटनामै चार जना परेका छन् ।

चट्टयाङमा परेर मृत्यु भएकालाई प्रतिव्यक्ति चार लाखका दरले क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ ।

लगातार पानी परिरहँदा बाढीको त्रास पनि बढेको छ । (एजेन्सी)