
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरेको छ ।
दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्बरमा नै सो विधेयक पारित गर्ने कार्यसूची छ ।
मध्यान्ह १२ बजेसम्म विधेयकमाथि संसोधन दर्ता गर्ने समयावधी दिइएको छ ।
डा. गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएको छ ।
कांग्रेसले आज पनि सदन अवरुद्ध पार्ने बताएको छ । प्रतिपक्षी दलको विरोधका बाबजुद गत शुक्रबार प्रतिनिधिसभाबाट सो विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो ।
प्रतिक्रिया दिनुहोस्