१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


मत परिणाम अन्तिम चरणमा, धरान उपमहानगरको मात्र बाँकी


0
Shares

मतगणनाको पछिल्लो परिणाममा त्यहाँ एमालेका उम्मेदवारको अग्रता रहेको छ । उता झापाको अर्जुनधारा नगरपालिकाको मत परिणाम प्राप्त भएको छ ।

अर्जुनधाराको प्रमुख र उपप्रमुखमा एमालेका हरिकुमार राना र कमला आचार्य विजयी भएका छन् । रानाले १३ हजार ८७९ मत ल्याएर विजयी भएका हुन भने आचार्यले १२ हजार ८३१ मत पाइन् ।

दोस्रो चरणको एक स्थानको मात्र परिणाम आउन बाँकी रहँदा नेकपा एमालेले प्रमुख र अध्यक्षमा १ सय ५० तह जितेर पहिलो स्थान सुरक्षित गरेको छ ।

नेपाली कांग्रेस १ सय २२ तह जितेर दोस्रो र माओवादी केन्द्र ३८ तहका साथ तेस्रो स्थानमा रहेको छ ।

जबकी संघीय समाजवादी फोरम ८, लोकतान्त्रिक फोरम ६ र राप्रपा ४ सतहमा जितेर क्रमशः चौथो, पाँचौं र छैठौं दल बनेका छन् ।

राजमो र राजपाका उम्मेदवारले २ ठाउँमा जित्दा एक स्थानमा स्वतन्त्रले जितेका छन् ।

बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनसमेतको परिणाम हेर्दा पनि एमाले नै पहिलो दल बनेको छ ।

उसले दुई चरणमा गरेर कूल २ सय ७५ तह जित्दा कांग्रेसले २ सय २६ र माओवदी केन्द्रले ८६ तहमा जितेका छन् ।

अरु दल र स्वतन्त्रसमेत गरेर ३० तह जितेका हुन् ।

पहिलो चरणमा निर्वाचन भएको चितवनको भरतपुर महानगरपालिकामा भने विवादका कारण मतगणना नै रोकिएको छ । अदालतमा पुगेको मुद्दा विचाराधीन रहेको छ ।