Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सिन्धुलीमा ६५ प्रतिशत धान रोपार्ई सकियो


0
Shares

जिल्लाको १४ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा असार मसान्तसम्ममा करीब ६५ प्रतिशत रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पाखा खेतमा सिंचाई सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाई शुरु गर्न सकिएको छैन ।

जिल्लामा सावित्री रामविलास, मकवानपुर–१, खुमल र हाईब्रिड जातको लोकनाथ गरी आधा दर्जनभन्दा बढी आधुनिक जातका धान लगाइन्छ ।

परम्परागत जातका मार्सी, कालोधान, लोकल बासमती धान पनि केही स्थानमा लगाइन्छ ।

धानका लागि गरम जलवायु उतम हुने हुँदा सिन्धुलीको कमलाखोंच, मरिणखोला र चदाहालगायतका फाँटमा राम्रो उत्पादन हुने गरेको छ ।

यसवर्ष सिन्धुलीमा ८० हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ ।