माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा आइतबार राति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा,उनकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदम कुँवर र जिप चालककी श्रीमती तानसेन नगरपालिकाका करिब २८ वर्षीया उषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिए ।
जिप चालक शक्ति बस्नेतको सकुशल उद्धार गरिएको छ भने बेपत्ता यात्रु र जिपको खोजी कार्य जारी छ । खोलामा पानीको बहाव बढेपछि उद्धार कार्यमा समस्या परेको प्रहरी जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्