
गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनअघि जुनियर ट्रम्पले हिलारी क्लिन्टनलाई क्षति पुर्याउने विषयमा न्यूयोर्कस्थित ट्रम्प टावरमा उक्त भेटवार्ता गरेका थिए ।
तर, नतालियाले कुनै अर्थपूर्ण सामग्री उपलब्ध गराउन नसेको ट्रम्पको छोराले बताए ।
न्यूयोर्क टाइम्सकाअनुसार उक्त भेटवार्तामा ट्रम्पका ज्वाइँ जरिद कुश्नर र उनका चुनावी प्रचार प्रमुख पनि थिए । भेटवार्ताका विषयमा उनीहरु दुबैले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिकाको संघीय जाँच ब्यूरो र कंग्रेस दुबैले अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्प र रुसले भने आरोप अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्