१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


धरानबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा, कसले–कति जिते ?


0
Shares

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणनाकार्य पूरा भएको छ ।

२० ओटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको छ ।

देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत् ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो ।

पछिल्लो मतगणनाअनुसार नेकपा एमाले १५०, नेपाली कांग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।

त्यस्तै, तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएका आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित परिणाममध्ये प्रमुख/अध्यक्षमा पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हासिल गरेको छ भने कांग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवं उपाध्यक्षमा एमालेका १७४, कांग्रेसका १०४, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका ७, नेपाल लोकतान्त्रिक फोरमका ६, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणअन्तर्गत् ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस