Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


निर्वाचन आयोग धाउँदै राजपा शीर्ष नेता (भिडियो)


0
Shares

दोस्रो चरणको निर्वाचनमा पार्टी कार्यकर्ताको दबाब थेग्न नसकेपछिमात्रै राजपालाई चुनावी प्यास लागेको हो ।

संविधान संशोधनलाई ‘बटमलाइन’ बनाएर बसेको राजपाका शीर्ष नेताहरु केही दिनयता निर्वाचन आयोग धाइरहेका छन् ।

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा सहभागिता जनाउन राजपाले दल दर्ताको प्रक्रिया अघि बढाएको हो ।

गत शुक्रबार दल दर्ताको लागि आयोगमा कागजात पेस गरेको राजपा अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले सोमबार आयोगका आयुक्तहरुसँग निकैबेर छलफल गरे ।

दल दर्ताको सिलसिलामा प्रक्रिया मिलाउन आयोगमा छलफल गरिएको ठाकुरले बताए ।

शीर्ष नेतृत्व नै आयोग धाउनुलाई असोज २ गते हुने स्थानीय चुनावमा राजपा सहभागी हुन आतुर रहेको संकेत देखिन्छ ।

यद्यपि, संविधान संशोधन भएको खन्डमामात्र निर्वाचनमा सहभागी हुने वातावरण बन्ने अध्यक्ष ठाकुरको भनाइ छ ।

दल दर्ताको लागि निवेदन दिएको ४५ दिनभित्रमा पार्टी दर्ताको काम सकिने निर्वाचन कानुनमा रहेको छ । राजपाले दलदर्ताकोक्रममा ‘छाता’ चुनाव चिह्न उल्लेख गरेको छ ।

निर्वाचन आयोगमा यसअघि नै छाता चुनाव चिह्न अरु कसैले दाबी गरिसकेकाले आयोग छलफल गरेरमात्रै निर्णय गर्ने अवस्थामा रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।