Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


५ लाख बराबरको पुराना नोटको खरिद–बिक्री


0
Shares

नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्णाेत्सवका उपलक्ष्यमा यही असार २३ गतेदेखि नेपाल कला परिषद्मा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा करिब दुई हजार सहभागी भएको जनाइएको छ ।

उन्नाइस संकलकले संकलन गरेका नोट प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका नोट राखिएको थियो । साथै, ६५ मुलुकका नोट पनि उक्त स्थलमा समावेश गरिएको थियो ।

प्रदर्शनीमा सहभागी मुद्रा संकलक जयहरि झाले सर्वसाधारणलाई पनि नोट जतन गरी संकलन गर्नुपर्ने सुझाव दिँदै त्यसबाट कारोबारसमेत गर्न सकिने बताए ।

सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले नेपालमा विभिन्न समयमा भएका नोटको उत्पादन तथा त्यसको विकासक्रमबारे जानकारी गराउन प्रदर्शनी उपयोगी भएको बताए । रासस