
सोमबार राति घोषित परिणामअनुसार धरान उपमहानगरको प्रमुखमा एमाले उम्मेदवार तारा सुब्बा र उपप्रमुखमा पनि एमालेकै मञ्जु भण्डारी निर्वाचित भएका हुन् ।
सुब्बाले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलक राईलाई झन्डै चार हजार मतान्तरले पराजित गरेका छन् ।
धरानको मतपरिणासँगै दोस्रो चरणको निर्वाचनअन्तर्गत् ३३४ स्थानीय तहमा सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार नेकपा एमालेले १५१ तहमा प्रमुख/अध्यक्ष पद जित्दै पहिलो पार्टी बनेको छ भने कांग्रेसले १२२ स्थान जित्दै दोस्रो स्थानमा छ ।
यस्तै, माओवादी केन्द्रले ३८ तहमा जितेको छ भने संघीय समाजवादी फोरम चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्