५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


कश्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला, सात जनाको मृत्यु


0
Shares

मारिनेमा ५ महिला र दुई पुरुष छन् । कश्मिरको अनन्तनाग जिल्लामा अमर यात्राका लागि गइरहेको बसमाथि आक्रमण हुँदा १९ जना घाइते भएका छन् ।

५६ रहेको बसमा अधिकांश गुजरातका यात्रु रहेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना आततायी भएको भन्दै निन्दा गरेका छन् ।

धार्मिक यात्रु माथि यस प्रकारको हमला हुनु निकै दयनीय भएको भन्दै प्रधानमन्त्री मोदीले भत्र्सना गरेका हुन् । (एजेन्सी)