
अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको हो ।
केसी–१३० विमान दुर्घटना भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि उक्त विमान प्रयोग हुने गर्दथ्यो ।
दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको देखिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्