२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस


0
Shares

काठमाडौं, माघ १६ । राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।

उनकाअनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

सम्पत्ति विवरण नबुझाउँदा प्रतिवेदन तयार गर्न ढिलाइ

यसैगरी, स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउँदा प्रतिवेदन तयार गर्न केन्द्रले ढिलाइ गरेको छ ।

निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भएपनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन् ।

प्रवक्ता लामिछानेकाअनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् ।

उनले अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । रासस