
नागरिकता जारी भएको जिल्लाको निर्वाचन कार्यालयबाटनै मतदाता नामावली दर्ता गराउन आयोगले आग्रह गरेको हो ।
आयोगले साउन १ गते देखि १५ गतेसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।
नयाँ नामवली दर्ता गर्नेको हकमा मात्र यो समय तय गरिएको र पुरानाले फेरि दर्ता गर्नु नपर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
यसअघि अस्थायी ठेगानाबाट मतदाता नामावली संकलन गर्ने व्यवस्था भएपनि अब भने स्थायी ठेगानामै जानुपर्ने बाध्यकारी नियम बनाइएको हो ।
मतदाता नामावलीमा भएको त्रुटीपनि यसै समयमा सच्चाउन पाइने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्