
काठमाडौं, माघ १६ । छिमेकी मुलुकसँग भएका असमझदारीलाई जनस्तरबाट तोड्नुपर्नेमा प्राज्ञ एवं बुद्धिजीवीहरुले जोड दिएका छन् ।
डा. डिल्लीरमण रेग्मी प्रतिष्ठान र भारतीय दूतावासले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले असमझदारी हटाएर सहकार्यसहित अघि बढ्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भारत र नेपालबीचको असमझदारी हटाउन प्राज्ञिक सहकार्य आवश्यक रहेको बताए ।
भारतीय राजदूत मन्जिभसिंह पुरीले महात्मा गान्धीको अहिंसाको बाटो नै मानवता भएको बताए ।
प्रतिक्रिया दिनुहोस्