विभिन्न धर्ममा आस्था राख्ने युवालाई शान्ति, नेतृत्व विकासको अभियानमा जागृत गराउने उद्देश्यसहित विश्व ब्रम्हाण्ड शान्ति संघ नेपालको आयोजनामा भेला शुरु भएको हो ।
भेलामा ६ देशका ५५ जना सहभागी छन् । कार्यक्रममा बंगलादेश, रसिया, पाकिस्तान, नेपाल, मलेसिया, चीनका युवा सहभागी छन् ।
भेलामा विभिन्न क्षेत्रका विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा ईमेज च्यानलकी उपाध्यक्ष इन्दिरा मानन्धरले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरिन् ।
तीन दिनसम्म चल्ने भेलामा युवाहरुलाई विभिन्न तालिमसमेत दिइने आयोजकले जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्