
जिल्ला निर्वाचन कार्यालयकाअनुसार दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।
सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जनाले मतदान गरेका थिए ।
जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तामोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगन्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, बुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका प्रेमप्रसाद न्यौपानेले बताए । रासस
प्रतिक्रिया दिनुहोस्