१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


दाङमा ७२४ जनाको जमानत जफत


0
Shares

जिल्ला निर्वाचन कार्यालयकाअनुसार सो निर्वाचनमा प्रमुख तीन दलका उम्मेदवारमध्ये प्रायले जमानत जोगाएका छन् ।

सहभागी उम्मेदवारमध्ये एक हजार १३८ जनाले जमानत जोगाएका र ५२० जना विजयी भएका थिए ।

उम्मेदवारले जमानत जोगाउन मतसंख्याको करिब १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर, ७२४ उम्मेदवारको मतसंख्या हेर्दा केहीले भने एक मत पनि पाएनन् ।

दाङका १० ओटा स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामामात्र १५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिए ।

तीमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना, उपप्रमुखमा उम्मेदवारी दिएका ९ जना, वडाध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ । रासस