Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


चारकिलोमा सुक्खा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध


0
Shares

                                                                               फाइल फोटो
इच्छाकामना गाउँपालिकाको वडा नम्बर–६ स्थित कालिखोलानजिकै रहेको चारकिलोमा बुधबार अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनकाअनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ । पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने सवारी बीचमै रोकिएका छन् ।

पहिरो पन्छाउन त्यसतर्फ डोजर पठाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

यही असार २५ गतेदेखि यहाँ रातिमा सवारी बन्द गरेर दिउँसो गाडी चलाउने गरिएको छ ।

मुग्लिन सडक विस्तारकाक्रममा रहेकाले विभिन्न क्षेत्रको भित्तो काटिएका स्थानबाट सुक्खा पहिरो खस्नेक्रम जारी छ ।

जोखिम बढेपछि यहाँका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । रासस