१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


साउनमा मतदाता नामावली संकलन गर्न उपयुक्त नहुने दलहरुको तर्क


0
Shares

निर्वाचन आयोगले बुधबार मतदाता नामावली संकलनबारे दलहरुको धारणा बुझ्न डाकेको बैठकमा दलका प्रतिनिधिहरुले स्थानीय तहसम्मै गएर काम गर्न आग्रह गर्दै साउनको समय उपयुक्त नहुने बताएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले गाउँगाउँबाटै मतदाता नामावली संकलनको काम गर्न स्थानीय तहहरुलाई परिचालन गर्ने व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राजनीतिक दलहरुको मतदाता नामवली संकलनमा महत्वपूर्ण भूमिका हुने बताए ।

निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरेको छ ।