Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बेपत्तामध्ये तीनजना मृत फेला, एक अझै बेपत्ता


0
Shares

फेलापरेकामा माथागढे गाउँपालिकाका माया गाह, बगनतकाली गाउँपालिकाका पदमबहादुर कुँवर र तानसेन नगरपालिकाकी उषा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गाह र कुँवरको शव रुपन्देहीको मर्चवार र श्रेष्ठको शव पाल्पाको जोरधारास्थित तिनाउ खोला किनारमा फेलापरेको पाल्पाका प्रहरी नायब उपरीक्षक रमेशराज पण्डितले जानकारी दिए । एकजना अझै बेपत्ता छन् ।

अम्ल्यानमा लु१ज १७१२ नम्बरको जिप आइतबार तिनाउ खोलाले बगाउँदा जिपसहित चार यात्री बेपत्ता भएका थिए । रासस