
अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । आगलागीमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि भारत र बंगलादेश कै नागरिक रहेको बताइएको छ ।
आप्रवासी कामदार बस्दै आएको घरमा आगलागी भएको हो । स्थानीय प्रशासनले सो घटनाको छानविन गर्न आदेश दिएको छ ।
कामदारहरु बस्ने घर तथा कोठामा आवश्यक पूर्वाधारको कमी हुने गरेको भन्दै यसअघि नै आवाज उठ्ने गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्