५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


एफबीआईका नयाँ निर्देशकले ट्रम्पलाई दिए धम्कीः ‘दबाब दिए पद त्याग्छु’


0
Shares

संसदीय समितिसमक्ष रे ले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी संलग्नताको विषयलाई निशाना बनाएर कार्वाही गरिएको भन्ने राष्ट्रपति ट्रम्पको भनाइसँग सहमत हुन नसकिने पनि बताए ।

रुसी संलग्नताबारे विशेष अनुसन्धान गरिरहेका एफबीआईका पूर्व निर्देशक रबर्ट मुलरले निशाना साँध्ने गरी काम गरेको भन्ने राष्ट्रपति ट्रम्पको आरोप पत्याउन नसकिने उनको भनाइ थियो ।

यसअघिका एफबीआई जेम्स कोमीलाई मे ९ मा बर्खस्त गर्दै ट्रम्पले रे लाई नियुक्त गरेका थिए ।

कोमीलाई बर्खास्त गरेपनि कानून विभागले रुसी संलग्नताबारे छानबीन गर्न मुलरलाई नियुक्त गरेको थियो ।

रे ले आफूलाई ट्रम्पले नियुक्त गरेपनि संविधान, कानून र तथ्यभन्दा बाहिर गएर कुनै कदम नचाल्ने आश्वासन दिँदै उहाँले मुलरले गरिरहेको अनुसन्धानमा सघाउने बचन पनि दिए ।

यस मामलामा पछिल्ला दिनमा स्वयं ट्रम्पका छोरा नै रुसी वकीलसँग छलफल गरेको लगायतका विषय एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । (एजेन्सी)