तिनाउको बाढीमा जीपसहित बेपत्ता भएकामध्ये पाल्पा माथागढी गाउँपालिका–१ की माया गाहा, बगनासकाली गाउँपालिकाका पदमबहादुर कुँवर र तानसेन नगरपालिका भुसालडाँडाकी उषा श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
माया गाहाको शव पाल्पाको जोरधारास्थित नयाँबजार नजिकैको खोलामा र अन्य दुईको शव रुपन्देहीको पथरीबाट ६ मिलोमिटर दक्षिण मर्चवार क्षेत्रमा भेटिएको हो ।
दुर्घटनामा परेका मायाका श्रीमान् तिलबहादुर गाहा भने अझै बेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
सोमबार माथागढी गाउँपालिका र तानसेन नगरपालिकाको सीमानामा पर्ने अम्लिहान पुलबाट लु १ ज १२१७ नम्बरको जीपलाई बाढीले बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका थिए ।










प्रतिक्रिया दिनुहोस्