Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


पोखरा–लेखनाथ महानगरले ल्यायो ४ अर्ब बढीको बजेट


0
Shares

उक्त बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट एक अर्ब ८२ करोड र महानगरको राजस्व तथा करबाट दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बिहीबार नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत् गर्दै महानगरका सबै टोलहरुमा सौर्यबत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो सहर’ अभियानलाई सफल पार्ने बताए ।

यस्तै, उनले महानगरभित्रका ग्रामीणबस्तीमा एक घर एक धाराको व्यवस्था गर्ने तथा व्यस्त क्षेत्रहरु र सार्वजनिकस्थलमा धाराबाट सोझै पिउन मिल्ने पानीको व्यवस्था गर्ने पनि घोषणा गरे ।

यस्तै, हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरभित्र बसोबास गर्नेमध्ये सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई ‘महानगर माता’ र ‘महानगर पिता’कोरुपमा सम्मान गर्ने पनि उनले बताए ।