Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


मौद्रिक नीतिका कारण कर्जामा संकुचन आउने भन्दै विज्ञहरुबाट सच्याउन सुझाव


0
Shares

मौद्रिक नीति नसच्याए आगामी वर्ष आर्थिक गतिविधिमा शिथिलता आउने, व्यावसायिकता प्रबद्र्धन नहुने दाबी इन्स्टिच्यूट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)ले गरेको छ ।

आइएसएसआरले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कर्जाको बढ्दो ब्याजदरले उत्पादनशील क्षेत्रतर्फ लगानी प्रभावित हुने र ब्याज कमाउने वर्गलाईमात्र फाइदा पुुग्ने भन्दै मौद्रिक नीति सच्चाउनुपर्ने बताएको हो ।

बढ्दो ब्याजदरले दीर्घकालीन कर्जामा संकुचन आउने, कर्जा जोखिम बढ्ने र वित्तीय स्थायित्व नै संकटमा पर्ने संस्थाको दाबी छ ।

अर्थविद् डा. मदन दाहालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन नसकेको भन्दै मर्जर नीति असफल भएको जिकिर गरे ।

बैंकको संख्या घटाउन मर्जर नीतिलाई खुला बनाउनुपर्ने र त्यसले पनि नभए बाध्यात्मक मर्जरमा लैजानुपर्ने उनको भनाइ थियो ।