भनजी नगरपालिका–१ मा स्थायी घर भइ जोगबूढा इलाका प्रहरी कार्यालयमा कार्यरत् ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा बिहीबार बिहान करिब ३ बजे उक्त होटलको कोठा नम्बर–५ मा मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बुधबार राति हवल्दार बूढा एक युवतीसँग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छन् ।
प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्