Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)


0
Shares

बिहीबार काठमाडौंमा तराई–मधेसका बुद्धिजीवीहरुसँग भएको अन्तरक्रियामा उनले ‘विदेशी एजेन्सीहरुले देश चलाउन हुँदैन भन्ने आफ्नो र आफ्नो पार्टीको मान्यता’ रहेको बताए ।

सबै देशको सार्वभौमिकता समान हुने भन्दै अध्यक्ष ओलीले ‘एजेन्सीहरुको चलखेल रोक्न खोज्नु कुनै देशविरुद्धको काम हुँदैन’–भने ।

स्थानीय तहको निर्वाचनपछि आफूले माओवादीलाई सरकार दिने सहमति भएको र त्यस्तै एजेन्सीको प्रभावले आफ्नो सरकार ढालिएको जिकिर पनि उनको थियो ।

संविधान संशोधन वा मधेसको समस्या समाधान गर्न आफ्नो पार्टीसँग छलफल र सहमति हुनुपर्ने भन्दै उनले सँगसँगै राष्ट्रिय सहमतिको सरकार पनि बन्नुपर्नेमा जोड दिए ।

भिडियो हेर्नुहोस्