
काठमाडौं । हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
शाह बोल्न र आफैं खाना खान सक्ने हुनुभएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य परीक्षका सबै रिपोर्ट सकारात्मक आएको बताइएको छ ।
सीसीयुमा राखेर उपचार गराइरहेका शाहलाई सम्भवतः आजै या नभए भोलिसम्म वार्डमा सार्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
सोमबार अपराह्न हृदयाघात भएका शाहको उपचारमा डा.यादवदेव भट्टलगायतको चिकित्सकहरुको समूह संलग्न छ ।
प्रतिक्रिया दिनुहोस्