ग्राण्डी अस्पतालमा दम र निमोनियाको उपचार गराइरहनुभएका नेता जोशीको हिजो साँझ निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए ।
घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो ।
सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।
नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र ततपश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।
कांग्रेसमा हालका नेतामध्ये उनी सबैभन्दा पाका नेताका रुपमा थिए ।
आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका उनी करीब नौ वर्ष कारागारमा परेका थिए ।
उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।





प्रतिक्रिया दिनुहोस्