Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विदुरको बजेट ५७ करोड ८८ लाख


0
Shares

चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट पारित गरिएको छ ।

नगर उपप्रमुख गीता दाहालले प्रस्तुत् गरेको बजेटबारे दफाबार छलफलपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

आन्तरिक आय रु एक करोड, सशर्त अनुदान रु १८ करोड ७१ लाख, सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु २६ करोड २४ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त अनुदान रु एक करोड, राजिष्ट्रेसन दस्तुर रु ८० लाख, सामाजिक सुरक्षा कार्यक्रम रु सात करोड ५० लाख, लगत सहभागिता रु एक करोडलगायतको बजेट नगरसभाले पारित गरेको छ । रासस

Skip This