
राजनीतिक दलहरुले कम्तीमा गाउँपालिका तहमा पुगेर नामावली संकलनका लागि आग्रह गरेपनि आयोगले स्रोत–साधन र समय अभाव देखाउँदै आफ्नो अडान छाडेको छैन ।
यसअघि, मतदाता नामावली दर्ता गराउन छुटेका र नयाँ मतदाताहरुका लागि आयोगले नामावली संकलन गर्न लागेको हो । यस्तो संख्या पनि निकै नै हुने अनुमान गरिएको छ ।
तर, ती सबै बालिग नागरिकहरु सदरमुकामसम्म नाम दर्ता गराउन धाउँछन् भन्ने धारणा व्यावहारिक देखिएको छैन । त्यसमाथि खर्च र यात्राको हिसाबले पनि सदरमुकाम पुग्नु उत्तिकै अव्यावहारिक देखिन्छ । जसबाट मतदाता नामावली संकलन अभियान नै प्रभावित हुनसक्छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरुले प्रमुख निर्वाचन आयुक्तसहितलाई भेटेर स्थानीय तहबाटै नामावली संकलन गर्न सुझाव दिइसकेका छन् ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सदरमुकामबाट नामावली संकलन गर्नु व्यावहारिक नहुने भएकाले स्थानीय तहमै पुगेर नामवली संकलन गर्नुपर्ने बताउँछन् ।
यता, निर्वाचन आयोगका कायममुकायम सचिव महेश्वर न्यौपानेले भने दलहरुको सुझावलाई मनन गरेको तर समय अभाव र स्रोत–साधान तथा जनशक्तिको अभावबाट स्थानीय तहमा पुग्नसक्ने अवस्था नरहेको तर्क गरे ।
त्यस्तै, मतदाता नामवली स्थान्तरणका लागि पनि जिल्लामै जानुपर्ने भएको छ ।
एकातर्फ साउनको भेल अर्कोतर्फ मतदाता नामावलीमा नाम दर्तामात्रै गर्नका लागि सदरमुका पुग्नुपर्ने बाध्यता । यस्तो झन्झटका कारण फेरि पनि मतदाताहरु छुट्ने सम्भावना देखिन्छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्